Nidan Media

पूर्वसभामुख ढुंगानालाई राष्ट्रिय झण्डा ओढाएर सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन्।

ढुुंगानालाई श्रद्धाञ्जली दिन आज (सोमबार) उनको पार्थिव शरीर राखिएको स्थान सानो गौचरण पुगेर प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले झण्डा र पुष्पगुच्छाबाट सम्मान गरेका थिए।

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रीहरू, विभिन्न पार्टीका नेता कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तिहरू सहभागी थिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.