काठमाडौँ । काठमाडौँबाट भैरहवातर्फ प्रस्थान गरेको बुद्ध एयरको विमान खराब मौसमका कारण पोखरा ‘डाइभर्ट’ भएको छ ।
९ एन–एएनपी विमान भैरहवाको आकाशमा तीन फन्को मारेर अनुकूल मौसमको प्रतीक्षामा रहे पनि तत्काल मौसम खुल्ने सम्भावना नभएपछि पोखरातर्फ ‘डाइभर्ट’ भएको हो ।
बिहानभरि पोखराको ‘भिजिबिलिटी’ कम हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका रवि लामिछानेलाई रुपन्देही ल्याउन हिँडेको प्रहरी टोली अझै पोखरामै अड्किएको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी नहुँदा रविसहित प्रहरी टोली अझै पोखरामा अड्किएको हो ।





