Nidan Media

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

उनीसँगै सोही प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशी,लीला पछाईं र पूर्वसंचालक रामकुमार खनाललाई पनि हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति प्रदान गरेको छ। रविलाई प्रहरीले असोज २ गते काठमाडौंमा पक्राउ गरेको थियो। अनुसन्धानको लागि हिरासतमा राख्न यो चौथोपटक म्याद थप गरिएको हो।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.