Nidan Media

पर्यटन व्यवसायीको माग – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान छिट्टै होस्

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरि अन्तर्राष्ट्रिय उडान संचालन गर्न पर्यटन व्यावसायीले माग गरेका छन् । सञ्चालनमा आएको २ वर्ष बित्नै लाग्दा पनि अन्तर्राष्ट्रिय उडान नभएपछि व्यवसायीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेसँग होटेल संघले एक ज्ञापनपत्र बुझाउँदै नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्नका लागि पर्यटन मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने माग राखे ।

पोखराबाट अन्तर्राष्ट्रिय उडानसँगै मुख्य राजमार्गहरुमा जारी स्तरोन्नति कार्यलाई तीव्रता प्रदान गर्न होटल संघ पोखरा नेपालले माग गरेको हो । ज्ञापनपत्रमा होटललाई उद्योग सरह मान्यता दिई सोही अनुसारको व्यवहार गर्नुपर्ने, कृषि र उर्जा जस्ता क्षेत्रमा प्रदान गरिएको सहुलियत ब्याजदरको सुविधा होटल क्षेत्रमा पनि प्रदान गरिनुपर्ने, आन्तरिक पर्यटकलाई लक्षित गरी देशभित्र विभिन्न सहर जोड्ने गरी हवाई सेवा विस्तार गरिनुपर्ने विषय उठाइएको छ ।

यसैगरी रात्रिकालीन व्यवसायलाई लक्षित गरी ल्याइएको ४२ बुँदे आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गरिनुपर्ने, यसका लागि अनुगमनलाई प्रभावकारी पारिनुपर्ने र नेपाल पर्यटन बोर्डले पूर्वाधार विकास भन्दा पनि प्रवद्र्धनका काममा जोड दिनुपर्ने सुझाव पनि उल्लेख गरिएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.