पोखरा ।
लागु पदार्थ कारोबार गरिरहेका ४ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पोखरा २ बागलुङ बसपार्कबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
लागुपदार्थको कारोबार भइरहेको गोप्य सूचना पाएपछि प्रहरीले खानतलासी गर्दा सूचना पुष्टि भएको हो । पक्राउ पर्नेमा पोखरा २ बस्ने २० वर्षका कृष्ण श्रेष्ठ, म्याग्दी घर भई पोखरा ३ नदीपुर बस्ने २५ वर्षका प्रदीप पुन, पोखरा ४ फिर्केपुलका १९ वर्षीय रोहित नेपाली र सोही ठाउँका १९ वर्षीय सुमित परियार छन् । उनीहरूको साथबाट ट्रामाडोल १६० चक्की र चारवटा मोबाइल सहित बरामद गरिएको प्रहरीले जनाएको छ ।
सबैलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।