Nidan Media

‘पूर्णबहादुरको सारङ्गी’ बारेमा प्रधानमन्त्रीको ओलीको भनाई : अनुकूलता मिले फिल्म हेर्ने छु

पोखरा ।

लक्ष्मी पूजाको दिन प्रर्दशनमा आएको नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले अनुकूलता मिले फिल्म हेर्ने समेत उल्लेख गरेका छन्।

ओलीले लेखेका छन्, ‘पूर्ण बहादुरको सारंगी फिल्म हेर्न निम्तो आएको छ। तर समय अभावले हेर्न पाएको छैन। फिल्मको समीक्षा हेर्दैगर्दा यसले हाम्रो सामाजिक परम्परा र व्यवसायिकताको अन्तरद्वन्द्वलाई राम्रोसँग उठान गरेको बुझेको छु। अनुकूलता मिले फिल्म हेर्ने छु। फिल्मका निर्माता र कलाकारहरुलाई बधाई ।’ फिल्मलाई हाल समीक्षक, दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.