Nidan Media

अवस्था ठिक नभएका ३५ मोटरसाइकल नियन्त्रणमा

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अवस्था ठिक नभएका ३५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

कास्की मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की समेतको संयुक्त प्रयासमा सवारी साधन चेकजाँच गर्दा अवस्था ठिक नरहेका सवारी साधनमा सवारी गरी चर्को आवाजमा ध्वनी प्रदुषण गर्ने ३५ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिई प्रहरी नायब उपरिक्षक वसन्त कुमार शर्माले जानकारी दिए ।

प्रहरीले कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिनको लागि अनुरोध समेत गरेको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.