Nidan Media

लामिछाने पक्राउ राजनीतिक प्रतिशोध हो : उपसभापति वाग्ले

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णीम वाग्लेले लामिछानेको पक्राउ राजनीतिक प्रतिशोध भएको बताएका छन् । बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै पार्टी उपसभापति वाग्लेले दुई तिहाइको सरकारले सहकारी पीडितलाई न्याय दिने पक्षमा नभएको बताएका हुन् ।

सय दिनमा अहिलेको सरकारले सहकारीपीडितको पक्षमा चुइँक्कसम्म नबोलेको खाली आफ्ना अध्यक्ष लामिछानेलाई मात्र समातेको बताए । ‘के रवि लामिछानेलाई दालभात खुवाउनमात्र ल्याएको हो, मानमर्दन गर्ने शैलीमा सरकार केन्द्रित भएको छ । राज्यको ढुकुटी कसरी सक्ने भन्नेमै अहिलेको सत्तारुढ दल लागि परेको छ,’ उनले भने ।

रास्वपा सहप्रवक्ता मनीष झाले कानुन पनि कानुनसम्मत भइदिनुपर्ने र राजनीतिक प्रतिशोध हुन नहुने बताए । उनले आफूहरू सदनबाट आवाज उठाउर्ने ठाउँमा रहेकोमा अहिले संसद् पनि बन्द रहेको विशेष समितिहरु पनि ‘पंगू’ भएकाले न्यायका लागि सडकमा ओर्लिएको स्पष्ट पारे । उनले अब काठमाडौं केन्द्रीत आन्दोलन गरिने बताए ।

काठमाडौँ माइतीघर मण्डलामा हुने आन्दोलन भने शान्तिपूर्ण नै हुने उनले बताए । उनले संसदीय विशेष छानबिन समितिको ११२० पृष्ठ लामो प्रतिवेदनमा ४० सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको बाहिरिएको स्मरण गराउँदै ८७ अर्बको कुरा नगर्ने, खाली १५ प्रतिशतमात्र गोर्खा मिडियाको स्वीट सेयर लिएका लामिछानेलाई मात्र थुन्न नमिल्ने बताए ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएका लामिछानेलाई अनुसन्धानका लागि आइतबार ६ दिनको म्याद थप गरिएको थियो । उनलाई अदालत उपस्थित गराउने भएपछि अदालत परिसर पोखरा सहिदचोक क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.