Nidan Media

डाँडाघरे दोहोरीको पहिलो वार्षिकोत्सवमा रामजी खाँणदेखि रचना रिमालको प्रस्तुति रहने

पोखरा
पोखराको चिप्लेढुंगामा रहेको डाँडाघरे दोहोरी साँझले पहिलो बार्षिकोत्सव मनाउन लागेको छ । कात्तिक ८ गते (आज) देखि १४ गतेसम्म विविध साँस्कृतिक कार्यक्रम सहित पहिलो वार्षिकोत्सव मनाउन लागेको हो ।

पहिलो वार्षिकोत्सवको अवसरमा बहुचर्चित कलाकार प्रजापति पराजुली, रामजी खाँण, शिव हमाल, रचना रिमाल, चोलेन्द्र पौडेल, जीवन दाहाल, श्याम राना, निश्चल दवाडी, माया गुरुङ, अर्चना चापागाई, अस्मिता रनपाल, ओम गुरुङ, नविन गुरुङ, उषा गुरुङ, शरद एलजी, सविन गुरुङ, नीतु गुरुङ, सन्जय गुरुङ, संगीता खाँती, विशाल मगर, सन्तोष थापा मगरको प्रस्तुति रहने दोहोरी साँझका सञ्चालक होम गुरुङले जानकारी दिए । अतिथि कलाकारसँगै नियमित कलाकारको दैनिक प्रस्तुति रहने उनले बताए ।

वार्षिकोत्सवको अवसरमा साँझ साढे ७ बजेदेखि राति २ बजेसम्म दोहोरी सञ्चालन गरिने जनाइएको छ । पारिवारिक वातावरणमा गीतसंगीतमा रम्न र रमाउन चाहानेहरुको लागि उपयुक्त थलो रहेको सञ्चालक गुरुङ ले बताए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.