Nidan Media

रास्वपा सभापति रवि लामिछाने पार्टी कार्यालयबाटै पक्राउ

पोखरा ।

सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले पार्टी कार्यालय वनस्थलीमा पुगेर सभापति लामिछानेलाई पक्राउ गरेको हो। पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गरेपछि प्रहरीले कार्यकर्ताको भीड छिचोल्दै लामिछानेलाई पक्राउ गरेको हो ।

उनले अरु पार्टीले जस्तै कम्प्रमाइज गरेको भए आफू पक्राउ नै नपर्ने दाबी गरेका छन् । पक्राउ अघि कार्यकर्ता माझ लामिछानेले भने, ‘उनीहरूले जस्तै सम्झौता गरेको भए पक्राउ पर्दैनथिए । तर, हामीले कुनै पनि सम्झौता गरेनौँ । रविलाई जसरी पनि हामी थुन्छौं भन्ने सम्झौता भएको मलाई थाहा छ । नेपाली जनताको आशा र भरोसामाथि जुन प्रहार भएको छ हामी सामना गर्दैछौँ । यसका विरुद्ध खुलेर लड्नका लागि आह्वान गर्दछु ।’

कास्कीको पोखरा महानगरमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीबारे अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो। लामिछानेलाई शुक्रबार बेलुका नै गाडीमा पोखरा लैजाने तयारी छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.