Nidan Media

फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने निर्णय

पोखरा ।

असोज १७ गतेबाट देशभरका हलमा प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ को व्यापार राम्रो हुँदाहुँदै पनि हलबाट हटाइने भएको छ । फिल्मका निर्माता तथा अभिनेता निश्चल बस्नेतले हल व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै फिल्मलाई हलबाट उतार्ने निर्णय गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत यो घोषणा गर्दै दर्शकहरूलाई धन्यवाद व्यक्त गर्दै भन्नुभएको छ्, ‘‘हलमा हेर्नुहुने सबै दर्शकहरूलाई धेरै धन्यवाद । सम्मानजनक शो उपलब्ध गराएकोमा क्यूएफएक्स सिनेमाजलाई विशेष धन्यवाद । तर अक्टोबर १७ अर्थात कात्तिक १ गतेदेखि नेपालका सबै हलहरूबाट हाम्रो फिल्म उतार्ने निर्णय गरेका छौँ ।’’

बस्नेतले हलहरूको व्यवस्थापनले नेपाली फिल्मलाई उचित प्राथमिकता नदिएको आरोप लगाएका छन् । उनले आफ्नो फिल्मले राम्रो अकुपेन्सी हासिल गरे पनि पर्याप्त शो नपाएको गुनासो गर्दै हिन्दी फिल्महरूलाई प्राथमिकता दिएको उल्लेख गरेका छन् । उनले भविष्यमा हलहरूको विकल्प खोज्नुपर्ने संकेत समेत गरेका छन् । उनका अनुसार ‘बेहुली फ्रम मेघौली’ चाँडै नै नयाँ ओटीटी प्लेटफर्म एमएसएम भिडियो मार्फत सार्वजनिक गरिनेछ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.