Nidan Media

ड्यामसाईडबाट ६ जुवाडे पक्राउ

पोखरा ।

पोखरा १७ ड्यामसाईडमा रहेको होटल सिड्नी बोल्ममा जुवातास खेल्ने ६ जनालाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएपी बसन्त कुमार शर्माले जानकारी दिए ।

पक्राउ पर्नेमा नविन थापा, भेष बहादुर गुरुङ, शंकर थापा, दुर्गा गुरुङ, आइती गुरुङ, साबित्री गुरुङ रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूबाट १ लाख ८८ हजार ४ सय २६ रूपैयाँ, भारतीय ५ सय रूपैयाँ र २ सय ७ पत्ती तास सहित बरामद गरेको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.