Nidan Media

गण्डकीमा प्रहरी दिवस मनाइयो

पोखरा ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा ६९ औं प्रहरी दिवसको मूल समारोह बुधबार सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले सिमित साधनस्रोतका बाबजुद गण्डकी प्रदेशमा नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको धारणा राखे ।

देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान रहेको बताउदै प्राकृतिक प्रकोप, शान्ति सुरक्षा लगायतका हरेक घडीमा प्रहरीले इमान्दारिता, जिम्मेवारिताका साथ अघि बढाउँदै आएको प्रहरीले व्यवसायिक रुपमा पनि उत्तिकै सक्षम बनाएको पाण्डेले जानकारी दिए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिहले विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी संगठन सदैब जनमुखी, पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिवद्ध रहेको जानकारी दिइन् ।
‘अपराध रोक्ने सङ्कल्प प्रमाणमूखी अनुसन्धान, स्वच्छ समाज निर्माण नेपाल प्रहरीको अनुष्ठान’ भन्ने मूख्य नाराको साथ ६९ औं प्रहरी दिवस मनाइएको हो ।

कार्यक्रममा प्रहरी दिवसको अवसरमा आयोजना गरिएका खेलकुद प्रतियोगितामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रहरी कर्मचारी तथा दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरु र गण्डकी प्रदेश प्रहरीलाई विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गरिएको थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.