Nidan Media

गण्डकी प्रदेशमा कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा

पोखरा ।

यो वर्षको बडा दशैंको अन्तिम दिन आगामी कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले कात्तिक १ गते प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा चाडपर्वको बिदा दिइएको सूचना प्रकाशन गरेको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमा सहित यस वर्ष चैते दशैं र भानुजयन्तीमा समेत बिदा दिएको थियो।

प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.