Nidan Media

विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा स्थगित

पोखरा ।

हरेक वर्ष नवदुर्गामा विन्ध्यवासिनी मन्दिरमा हुने नवदुर्गा शोभायात्रा यो पटक नहुने भएको छ । विन्ध्यवासिनी मन्दिरमा असोज १७ गते हुने भनिए पनि विपद्को समयमा शोभायात्रा गर्नु अनुचित रहेको भन्दै विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले कार्यक्रम रद्द गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हालै मात्र देशको विभिन्न भू–भागमा अविरल बर्षा भई डुवान, बाढी र पहिरोजन्य प्रकोपमा भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै नेपाल सरकारबाट तीन दिन राष्ट्रिय शोकको घोषणा भएकोले यस समितिबाट यहि असोज १७ गते आयोजित विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा कार्यक्रम रद्ध भएको सूचित गरिन्छ । शोभायात्राको पूर्व तयारीमा लाग्नु भएका श्रद्धालु भक्तजन र सहयोगी संस्थाहरुमा पर्न जाने असुविधाका प्रति हामी क्षमा याचना गदछौँ ।’

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.