Nidan Media

अखिल (क्रान्तिकारी) को सम्मेलनमा लफडा

पोखरा ।

नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल (क्रान्तिकारी) को २३ औं सम्मेलनमा सोमबार लफडा परेको छ ।

उमेर हदको विरोध गर्दै निवर्तमान उपाध्यक्ष तुकमान महराले खुकुरीसहित प्रदर्शन गरेपछि सम्मेलनस्थलमा प्रतिनिधिहरूबीच धकेलाधकेल भएको हो। २८, ३० वा ३२ कति वर्षे उमेर हद लगाउने भन्नेमा कुरा नमिलेपछि निर्वाचनबाट टुंगो लगाउने तयारी हुँदा विवाद सिर्जना भएको हो।

तुकमान लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा हुन्। उनी अध्यक्ष पदका दाबेदार समेत हुन् । सम्मेलन स्थलमा प्रतिनिधिहरूले कुर्सीसमेत फालाफाल गरेका छन्।

 

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.