Nidan Media

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

पोखरा ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी भई आज स्वदेश फर्कँदै छन्।

महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री ओली सोमबार अपराह्न ४ बजे काठमाडौं आइपुग्नेछन्।

प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए। न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.