Nidan Media

रविन्द्रले भेटे प्रचण्डलाई, देशको वर्तमान अवस्थाको बारेमा छलफल

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डलाई भेटेका छन् ।

मंगलबार बिहान प्रचण्ड निवास पुगेर मिश्रले प्रचण्डलाई भेटेका हुन् । मिश्रले भेटेको फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेखेका छन्, ‘प्रचण्डसँग मनका कुरा ! हिजो कार्यक्रममा भेट भयो । आज वर्षौपछि प्रचण्ड निवासमा भेट भयो ।’ उनले राजसंस्थालाई पुनस्र्थापित नगर्ने हो भने देश विस्फोटनको अवस्था तिर उन्मुख भएको प्रचण्डसँग धारणा राखेको उल्लेख गरेका छन् ।

प्रचण्डले पनि अब यही स्थितिको निरन्तरताबाट देश चल्दैन भन्ने निष्कर्षमा पुगेको बताएको मिश्रले सामाजिक सञ्जालमा समावेश गरेका छन् ।

 

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.