Nidan Media

दुर्गा प्रसाईंका समर्थकले ट्रकमा आगजनी ,झापामा चक्काजाम

झापा

दुर्गा प्रसाई पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकहरूले दुई वटा भारतीय ट्रकमा आगजनी गरेका छन्।

आइतबार राति ११ बजे पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको भारतीय मालबाहक ट्रकमा प्रसाईका समर्थकहरूले आगजनी गरेका हुन्।

कच्चा पदार्थ बोकेको ट्रकमा ६ वटा मोटरसाइकलमा आएका लगभग १० / १२ जनाको समुहले ट्रकमा आगजनी गरी फरार भएका थिए।

प्रहरी कार्यालय बिर्तामोड र सुरुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले राति १२ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो।

ट्रकमा भएको आगजनीबाट क्षति पुगेको छ।
प्रसाईं पक्राउ परेको विरोधमा उनका समर्थकहरूले आज झापामा चक्काजाम आह्वान गरेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.