Nidan Media

नाटक ‘जानकी को मञ्चन सम्पन्न

पोखरा ।

नाटक जानकीको मञ्चन पोखरामा सम्पन्न भएको छ । पद्याप्रेम थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा गत भदौ २८ गतेबाट आजसम्म मञ्चन भएको थियो ।

नाटकमा सबु सहित गोविन्द पराजुली, विभु प्रसाद भुसाल, ज्योति हमाल, शीतला अधिकारी, बुद्धिसागर खनाल, सुमन कार्की, मुना गुरुङ, विवेक गुरुङ, अभिषेक भुसाल, प्रदिप गौतम प्रमोद, अलिसा थापालगायतले अभिनय रहेको थियो।
नाटकमा जय चापागाईंको सङ्गीत, सन्दिप तिवारीको पोष्टर डिजाइन, हेमन्त पराजुलीको मञ्च व्यवस्थापन रहेको थियो । पद्माप्रेम थिएटरको पहिलो वार्षिकोत्सवको अवसरमा यो नाटक मञ्चन गरिएको हो ।

नाटक हेरे पश्चात प्रतिक्रिया दिँदै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त श्रेष्ठले नेपाली जनजीवनको कथा व्यथालाई यथार्थ ढङ्गले प्रस्तुत गरिएको पाएको बताए । नेपाली जनजीवनको कथा व्यथालाई यहाँ यथार्थ रूपले प्रस्तुत गरिएको उनले प्रतिक्रिया दिए ।

पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकालले नाटकले सकारात्मक सन्देश छर्न सफल भएको बताए । उहाँले कलाकारको अभिनय र नाटकले दिएको सन्देश महत्वपूर्ण रहेको बताए ।
नाटकबाट सकारात्मक प्रतिक्रिया र पछिल्ला ‘सो’ मा दर्शकको राम्रो साथ प्राप्त गरेपछि नाटक युनिट उत्साहित समेत बनेको छ । पद्याप्रेम थिएटरका अध्यक्ष सावित्रा पाठक सबुले लेखेको नाटकको निर्देशन गोविन्द पराजुली र शीतला अधिकारीले गर्नुभएको हो ।

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.