Skip to content

पोखरामा क्यान्सर उपचारको सेवा विस्तारका लागि सम्झौता

पोखरा 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा क्यान्सर उपचारको सेवा विस्तार गरिने भएको छ । प्रतिष्ठानले क्यान्सर उपचार सेवाको लागि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार प्रतिष्ठानलाई बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विशेषज्ञ सहयोग गर्नेछ । अस्पतालका कार्यकारी निर्देशक डा शिव पौडेल र प्रतिष्ठान पोखराका निर्देशक भरतबहादुर खत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेवा विस्तारले गण्डकीका बिरामीलाई सेवा लिन सहज हुने बताए । उनले स्वास्थ्य उपचार खर्चिलो हुँदै गएकाले बीमामार्फत उपचार हुने व्यवस्थाका लागि सरकारले बीमाको रकम एक लाखबाट बढाएर पाँच लाख पु¥याउने बताए । त्यसका लागि रोजगारमा रहेका व्यक्तिबाट २ प्रतिशत स्वास्थ्य बीमाका लागि कर काट्ने व्यवस्था गर्नुपर्ने बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x