Nidan Media

शुक्रवारदेखि पोखरामा नाटक ‘जानकी’ मञ्चन हुदै

निदान मिडिया ।

पद्माप्रेम थिएटरको प्रस्तुतिमा पोखरामा शुक्रवारदेखि नयाँ नाटक ‘जानकी’ मञ्चन हुने भएको छ । पोखराको गैरापाटन स्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा उक्त नाटक मञ्चन हुन लागेको हो । पद्माप्रेम थिएटरको प्रथम वार्षिकीको अवसरमा यो नाटक मञ्चन हुन लागेको हो ।

नाटक पद्माप्रेम थिएटरका अध्यक्ष समेत रहेकाी कलाकार सावित्रा पाठक (सबु) ले लेखेकी हुन् भने गोविन्द पराजुली र शितला अधिकारीको संयुक्त निर्देशनमा नाटक तयार भएको हो ।
नाटक शुक्रवारदेखि एक हप्तासम्म मञ्चन हुने अध्यक्ष पाठकले जानकारी दिइन। नाटक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ ।

‘‘यो नाटक यहि समाजमा बसेर यहि समाजको, आफन्तको, श्रीमानको तुच्छता सहेर पनि आफ्नो जिम्मेवारी निभाउने महिलाको कथा हो तर यहि समाजमा मिलेर, जस्तो कठिन समस्यालाइ पनि पार गरेर बस्ने परिवारको पनि कथा हो,’’ पाठकको भनाई छ ।

निर्देशक गोविन्द पराजुलीका अनुसार नाटकले समाजको यथार्थ बोल्नेछ । अर्का निर्देशक शितला अधिकारीले नाटकका कलाकार र पाश्र्व मञ्चमा समेत मिहिनेतका साथ काम भईरहेकाले नाटकलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् ।

नाटकमा गोविन्द पराजुली, शितला अधिकारी, सावित्रा पाठक (सबु), ज्योती हमाल, सुुमन कार्की, एलिसा थापा, बुद्धिसागर खनाल, मुना गुरुङ, विवेक गुरुङ, अभिषेक भुसाल, प्रदीप गौतम (प्रमोद) लगायतको अभिनय रहेको छ । असोज ५ गतेसम्म चल्ने नाटकमा जय चापागाईंले संगीत दिनेछन् ।

पद्माप्रेम थिएटरको प्रस्तुतीमा यस अघि नाटक धनिरामको गोरु मञ्चन भएको थियो । जसलाई दर्शकले अध्यधिक रुचाएका थिए भने व्यवसायिक रुपमा पनि सफल भएको थिएटरले जनाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.