Nidan Media

ठगी गरेको आरोपमा कलाकार ‘इकु’ पक्राउ

निदान मिडिया ।

कलाकार सुलेमान शंकर ईकु पक्राउ परेका छन् । कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा इकु पक्राउ परेका हुन । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार इकुले विभिन्न देशमा हुने नेपाली सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भनी आफूले सञ्चालन गरिरहेको एसएमएस फिल्मस् प्रालिको नाममा ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा प्रति व्यक्ति १५ देखि २० लाख रुपियाँ रकम जम्मा गर्न लगाएको थिए ।

भिसा प्रयोजनका लागि आवश्यक पर्ने बैंक स्टेटमेन्टलगायतका कागजातसमेत नक्कली बनाउने, रकम जम्मा गर्ने पीडितहरुले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमका लागि तयारी हुँदैछ भनेर लामो समयसम्म झुलाई पीडितहरुसँग सम्पर्कविहीन रही ठगी कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

 

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.