Skip to content

गण्डकी प्रदेश सभा अधिवेशन २६ गतेबाट

निदान मिडिया ।
गण्डकी प्रदेश सभाको बैठक भदौ २६ गते बस्ने भएको छ । सरकार परिर्वतन भएको दुई महिनापछि बैठक बस्न लागेको हो । गण्डकीको छैटौँ अधिवेशन अन्तर्गत असार १८ गतेको बैठकपछि प्रदेश सभा स्थगित गरिएको थियो । गण्डकी प्रदेश सभाबाट असार १७ गते आर्थिक वर्ष २०८१–८२ को बजेट पारित भएको थियो ।
प्रदेश सभाका उपसचिव प्रेम सुवेदीले सभामुख कृष्णप्रसाद धितालले सरकारको सिफारिसमा भदौ २६ गते सदन आह्वान गरेको जानकारी दिए । गण्डकी प्रदेश सभामा अहिले दुई विधेयक छलफलमा छन् । जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्राइभेट फर्मसम्बन्धी विधेयक छलफलका क्रममा छन् । ६० सदस्यीय प्रदेश सभामा अहिले मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारलाई ५३ सांसदको समर्थन छ ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x