Nidan Media

कास्कीकोटमा जन्माअष्ठमीको अवसरमा भव्य कार्यक्रम

श्रीकृष्ण जन्माअष्ठमीको अवसरमा मंगलबार पोखरा २४ कास्कीकोटमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो ।

भगवान श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्वकाल देखि कास्कीकोटमा मनाउदै आईरहेको पर्व यस पटक पनि भव्यरुपमा मनाएको नेपाल वृन्दाबन धामकी कोषाध्यक्ष अ्म्बिका ढुङानाले बताईन ।

वृन्दाबन कास्कीको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा हजारौं मानिसहरुको सहभागिता रहेको ढुङानाले बताईन । 

यो जात्रा संरक्षणमा स्थानीयले विशेष चासो देखाएको आयोजकले बताएका छ्न ।

यो जात्रामा दहीको होली खेल्ने परम्परा अन्य स्थानमा भन्दा फरक भएको उक्त स्थानमा भएको धार्मिक सस्थाहरुले दावी गरेका छ्न । 

यस पटक विभिन्न सांस्कृतिक झाँकी बाजा गाजा सहित जात्रा निकालिएको थियो। 

अन्य ठाउँमा श्रीकृष्णको जन्म हुनु भन्दा पहिलेदनै नाचगान तथा जात्राहरु निकाल्ने गरिन्छ तर, कास्कीकोटमा मात्र श्रीकृष्ण जन्मे पछि मात्र भोलि पल्ट दहिको होली खेलेर उत्सव मनाउने परम्परा रहेको आयोजकहरुले बताए ।

विगत १२ वर्ष देखि दहि जात्रालाई स्थानीहरुले दहिको होली एक आपसमा छेपेर मनाउने गरेका छन्।

दहिजात्रा विगत देखि नेपाल वृन्दावनधाम कास्की अन्य धार्मिक सघ सस्था र स्थानीयले संचालन गर्दे आएको छ । उक्त कार्यक्रममा भजन चुट्का तथा विभिन्न झाँकी बाजागाजा सहित जात्रा गरिएको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.