काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा आठ सय बढ्दा चाँदीको २५ रुपैयाँ घटेको छ।
सोमबार प्रतितोला दुई लाख ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ मंगलबार बढेर दुई लाख ८२ हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यता, सोमबार प्रतितोला तीन हजार नौ सय ९५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार घटेर तीन हजार नौ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।





