Skip to main content

Nidan Media

आजदेखि कार्तिक स्नान, आकाशदीपदान र तुलसी पूजा शुरू

काठमाडौँ । कार्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ।

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म एक महिनासम्म यी धार्मिक कार्य गर्ने परम्परा छ।

धार्मिक विश्वासअनुसार यस अवधिमा सूर्योदयअघि स्नान गरी तुलसीको पूजा र आकाशदीपदान गरेमा सौभाग्य तथा सम्पत्ति प्राप्त हुने र पापबाट मुक्ति मिल्ने मान्यता छ।

आकाशदीपदान गर्दा बाँस, पलाँस, खयर वा पीपलको लिङ्गो ठड्याएर भगवान् विष्णुलाई समर्पित गर्दै बत्ती बाल्ने गरिन्छ।

कार्तिक स्नान गर्ने व्रतालुले यस अवधिमा मास, मुगी, मुसुरो, चना र भटमासजस्ता दुई दल भएका अन्न खान नहुने शास्त्रीय मान्यता छ।

यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीपदानसमेत गरिन्छ। मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा भने गएराति नै मनाइएको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.