आजको पञ्चाङ्ग
मिति २०८३ मंसिर ३ गते बिहीबार, इस्वीसंवत नभेम्बर १९ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४७, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ। आज कार्तिकशुक्लपक्षको दशमी तिथि रातिमा २ः३४ बजेसम्म त्यसपछि एकादशी तिथि लाग्नेछ। नक्षत्रमा पूर्वभाद्रपदा रातिमा ३ः३२ बजेसम्म त्यसपछि उत्तरभाद्रपदा लाग्नेछ। विष्कुम्भादि योगमा हर्षण ५४ घटि ४४ पलासम्म त्यसपछि वरियान योग लाग्नेछ। करणमा तैतिल रहनेछ। आनन्दादि योगमा मुद्गर रहनेछ।
सूर्य वृश्चिक राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ। आज दिनमान २६ घटि ३९ पला अर्थात १० घण्टा ४३ मिनेटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः२९ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः०८ बजे हुनेछ। यस्तै, चन्द्रमा उदाउने समय दिनमा १ः३० बजे र अस्ताउने समय रातिमा १२ः४७ बजे रहेको छ। आज विश्व शौचालय दिवस, अन्तर्राष्टिय पुरुष दिवस र विश्व दर्शनशास्त्र दिवस रहेको छ।
आजको राशिफल
मेषः आज एघारौं भावमा चन्द्रमाको गोचर रहेकाले आर्थिक लाभका नयाँ अवसरहरू प्राप्त हुनेछन्। व्यापार व्यवसायमा सोचेभन्दा राम्रो मुनाफा मिल्ने र रोकिएको धन हात लाग्ने योग छ। मित्रजन तथा दाजुभाइको पूर्ण सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। बिहीबार परेकाले भगवान् विष्णुको आराधना गर्नु विशेष फलदायी हुनेछ। स्वास्थ्यले पूर्ण साथ दिनेछ। शुभ रंग रातो र शुभ अंक ९ रहेको छ।
वृषः आज दशौं कर्मभावमा चन्द्रमाको गोचर रहेकाले कार्यक्षेत्रमा तपाईंको कामको उच्च प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी सम्हाल्न वा व्यापार विस्तार गर्न आजको दिन निकै उत्तम छ। हाकिम तथा ठूलाबडाको पूर्ण आशीर्वाद मिल्नेछ। व्यावसायिक यात्रा सफल र लाभदायक रहनेछ। पारिवारिक जीवन सुखद रहनेछ। बिहान लक्ष्मीनारायणको दर्शन गरी दिनको सुरुवात गर्नुहोस्। शुभ रंग सेतो र शुभ अंक ६ रहेको छ।
मिथुनः आज नवौं भाग्यभावमा चन्द्रमाको उपस्थिति रहेकाले भाग्यले पूर्ण साथ दिनेछ। लामो समयदेखि अड्किएका कामहरू सहजै पूरा हुनेछन्। धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। विद्यार्थीहरूका लागि अध्ययन अध्यापनमा विशेष सफलता मिल्ने दिन छ। गुरुजन तथा पिताको सल्लाह लाभदायक रहनेछ। पहेँलो फलफूल दान गर्नु शुभ मानिन्छ। शुभ रंग हरियो र शुभ अंक ५ रहेको छ।
कर्कटः आज आठौं भावमा चन्द्रमाको गोचर रहेकाले महत्त्वपूर्ण कार्य गर्दा विशेष सावधानी अपनाउनु होला। अनावश्यक वादविवाद र जोखिमपूर्ण कामबाट टाढै रहनु बुद्धिमानी हुनेछ। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। सवारी साधन चलाउँदा संयमता अपनाउनु होला। कठिन परिस्थितिमा परिवारको साथ मिल्नेछ। भगवान् शिवको स्मरण गर्नाले संकट टर्नेछ। शुभ रंग सेतो र शुभ अंक २ रहेको छ।
सिंहः आज सातौं भावमा चन्द्रमाको गोचर रहेकाले साझेदारीमा गरिएका कामबाट मनग्ये आम्दानी हुनेछ। दाम्पत्य जीवनमा आपसी प्रेम र विश्वास अझ प्रगाढ बन्नेछ। अविवाहितहरूका लागि विवाहको प्रस्ताव आउन सक्छ। रमाइलो यात्राको योग रहेको छ। समाजमा मानसम्मान तथा प्रतिष्ठा बढ्नेछ। आज बिहान सूर्यदेवलाई अघ्र्य दिएर दिनको थालनी गर्नुहोला। शुभ रंग पहेंलो र शुभ अंक १ रहेको छ।
कन्याः आज छैटौं भावमा चन्द्रमाको उपस्थिति रहेकाले शत्रुहरू परास्त हुनेछन् भने प्रतिस्पर्धात्मक कार्यमा विजय हासिल हुनेछ। पुरानो रोगबाट मुक्ति मिल्ने र स्वास्थ्यमा सुधार आउने दिन छ। आर्थिक पक्ष सुदृढ बन्दै जानेछ। मामाघर वा आफन्तबाट विशेष सहयोग प्राप्त हुनेछ। बिहीबार परेकाले भगवान् श्रीकृष्णको पूजा आराधना गर्नु कल्याणकारी हुनेछ। शुभ रंग हरियो र शुभ अंक ५ रहेको छ।
तुलाः आज पाँचौं भावमा चन्द्रमाको गोचर रहेकाले बौद्धिक तथा सिर्जनात्मक क्षमतामा वृद्धि हुनेछ। विद्यार्थीहरूको पठनपाठनमा विशेष मन जानेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। व्यापार व्यवसायमा नयाँ योजनाहरू बन्नेछन्। आज विश्व दर्शनशास्त्र दिवस पनि भएकाले ज्ञानगुनका कुरामा रुचि बढ्नेछ। शुभ रंग गुलाबी र शुभ अंक ६ रहेको छ।
वृश्चिकः आज चौथो भावमा चन्द्रमाको गोचर रहेकाले पारिवारिक विषयमा धैर्यता र समझदारी अपनाउनु होला। आमाको स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्ने समय छ। जग्गाजमिन तथा सवारी साधनसम्बन्धी काममा हतार नगर्नुहोला। कार्यालयमा सहकर्मीको सहयोग मिल्नेछ। मन शान्त राख्न बिहान विष्णु सहस्रनाम पाठ वा श्रवण गर्नु उत्तम हुनेछ। शुभ रंग रातो र शुभ अंक ९ रहेको छ।
धनुः आज तेस्रो भावमा चन्द्रमाको उपस्थिति रहेकाले पराक्रम र आत्मविश्वास बढ्नेछ। दाजुभाइ तथा दिदीबहिनीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। छोटो दूरीको लाभदायक यात्रा हुन सक्छ। व्यापार व्यवसायमा नयाँ लगानीको अवसर जुर्नेछ। सामाजिक कार्यमा सक्रियता बढ्नेछ। बिहीबार परेकाले गुरु बृहस्पतिको स्मरण गर्नु विशेष फलदायी हुनेछ। शुभ रंग पहेंलो र शुभ अंक ३ रहेको छ।
मकरः आज दोस्रो धनभावमा चन्द्रमाको गोचर रहेकाले आर्थिक दृष्टिले दिन निकै शुभ छ। सञ्चित धनमा वृद्धि हुनेछ भने आम्दानीका नयाँ बाटाहरू खुल्नेछन्। मीठो बोलीको प्रभावले अरूको मन जित्न सकिनेछ। पारिवारिक जमघटमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। कुटुम्बसँगको सम्बन्ध सुमधुर बन्नेछ। कुलदेवताको स्मरण गरी दिनको सुरुवात गर्नुहोस्। शुभ रंग कालो र शुभ अंक ८ रहेको छ।
कुम्भः आज तपाईंकै राशि अर्थात प्रथम भावमा चन्द्रमाको उपस्थिति रहेकाले मन प्रसन्न र उत्साहित रहनेछ। समाजमा मानसम्मान र प्रतिष्ठा बढ्नेछ। नयाँ कामको थालनी गर्न आजको दिन निकै अनुकूल छ। स्वादिष्ट भोजन र उपहार प्राप्त हुने योग छ। वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरू सफल हुनेछन्। भगवान् विष्णु र शिवजीको आराधना गर्नु फलदायी बन्नेछ। शुभ रंग नीलो र शुभ अंक ८ रहेको छ।
मीनः आज बाह्रौं भावमा चन्द्रमाको गोचर रहेकाले अनावश्यक खर्च र यात्रा बढ्न सक्ने देखिन्छ। आर्थिक कारोबार गर्दा विशेष सचेत रहनुहोला। विदेशमा रहेका आफन्तबाट शुभ समाचार प्राप्त हुनेछ। धार्मिक तथा परोपकारी कार्यमा धन खर्च हुन सक्छ। स्वास्थ्यमा आँखा वा खुट्टाको सामान्य समस्या देखिन सक्छ। आज लक्ष्मीनारायणको दर्शन गर्नु शुभ रहनेछ। शुभ रंग पहेंलो र शुभ अंक ३ रहेको छ।
साइत (यात्रा): सूर्य वृश्चिक राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ। त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला। आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण, उत्तर र पूर्वको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः२४ बजेदेखि ७ः४५ बजेसम्म शुभ बेला
बिहान ७ः४५ बजेदेखि ९ः०६ बजेसम्म रोग बेला
बिहान ९ः०६ बजेदेखि १०ः२७ बजेसम्म उद्धेग बेला
बिहान १०ः२७ बजेदेखि ११ः४८ बजेसम्म चर बेला
बिहानमा ११ः४८ बजेदेखि १ः०९ बजेसम्म लाभ बेला
दिनमा १ः०९ बजेदेखि २ः३० बजेसम्म अमृत बेला
दिनमा २ः३० बजेदेखि ३ः५० बजेसम्म काल बेला
दिनमा ३ः५० बजेदेखि ५ः११ बजेसम्म शुभ बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः११ बजेदेखि ६ः५१ बजेसम्म रोग बेला
साँझ ६ः५१ बजेदेखि ८ः३० बजेसम्म उद्धेग बेला
राति ८ः३० बजेदेखि १०ः०९ बजेसम्म चर बेला
राति १०ः०९ बजेदेखि ११ः४८ बजेसम्म लाभ बेला
राति ११ः४८ बजेदेखि १ः२७ बजेसम्म अमृत बेला
राति १ः२७ बजेदेखि ३ः०६ बजेसम्म काल बेला
रातिमा ३ः०६ बजेदेखि ४ः४५ बजेसम्म शुभ बेला
रातिमा ४ः४५ बजेदेखि ०६ः२५ बजेसम्म रोग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन।





