काठमाडौँ। नेपाली बजारमा आइतबार सुनचाँदीको भाउमा भारी गिरावट आएको छ।
दशैँ अघिको तुलनामा दशैँपछिको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ११ हजार सात सय र चाँदीको दुई सय ३० रुपैयाँ घटेको हो।
मूल्य घटेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ७८ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि कात्तिक २ गते सुनको भाउ प्रतितोला दुई लाख ९० हजार दुई सय रुपैयाँ रहेको थियो।
यता, कात्तिक २ गते प्रतितोला चार हजार एक सय ९५ रुपैयाँ रहेको असली चाँदीको भाउ आइतबार घटेर तीन हजार नौ सय ५५ रुपैयाँ कायम भएको नेपाल महासंघले जनाएको छ।




