काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली भएको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईको मौसम मुख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
यस्तै, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशका तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।





