सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ मा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु भएका दुवै जनाको पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार २०८३ कात्तिक २१ गते राति करिब ११ः५० बजे कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै पुरुष गम्भीर घाइते भएका थिए।
उनीहरूलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





