Skip to main content

Nidan Media

आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम सफा रहनेछ।

महाशाखाका अनुसार आज दिउँसो पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

त्यस्तै, आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराईका अधिकांश स्थानमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

रातिको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

मौसममा आंशिक बदली र हिमपातको सम्भावना रहेकाले हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले मौसमको अवस्थाबारे जानकारी लिएर यात्रा गर्न उपयुक्त हुनेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.