पोखरा । नेपालीहरूको महान् पर्व विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा नेकपा (एमाले) पोखरा महानगरपालिका वडा कमिटी-५ ले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
रवीन्द्र स्मृति बाटिकामा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय नेता राजीव पहारी, गण्डकी प्रदेश कमिटी सदस्य अञ्जु केसी, कास्की जिल्ला अध्यक्ष बैनबहादुर क्षेत्री, पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्य र वडा कमिटी-५ का इन्चार्ज उज्ज्वल खत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्थानीय कार्यकर्ता, वडा कमिटीका पदाधिकारी तथा सदस्य, पार्टीका शुभेच्छुक, स्थानीयवासी र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले पोखरा-५ का अध्यक्ष लक्ष्मण बरालले चाडपर्व नेपाली समाजको मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको महत्वपूर्ण आधार भएको बताए । उनले यस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहकार्य र एकताको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।
बरालले स्थानीयस्तरमा विकास, सामाजिक सेवा र जनहितका गतिविधिलाई प्राथमिकतामा राख्दै पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउँदै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरूले नेपाली समाजका मौलिक पर्वले आपसी सद्भाव, भाइचारा, सामाजिक एकता र आत्मीयता सुदृढ बनाउने विश्वास व्यक्त गर्दै एकअर्कामा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना आदान–प्रदान गरेका थिए । कार्यक्रम आत्मीय वातावरणमा चियापानसहित सम्पन्न भएको थियो ।
कार्यक्रममा वडा कमिटीका उपाध्यक्ष पानप्रसाद तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए भने सचिव बसन्तराज गौतमले कार्यक्रम सञ्चालन गरेका थिए ।




