काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ बढेको छ।
बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा दुई हजार नौ सय र चाँदीको १५ रुपैयाँ बढेको हो।
मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९५ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ९२ हजार आठ सय रुपैयाँ रहेको थियो।
यता, बिहीबार प्रतितोला चार हजार चार सय ९० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ शुक्रबार बढेर चार हजार पाँच सय पाँच रुपैयाँ कायम भएको छ।




