Skip to main content

Nidan Media

नेपाल एकदिवसीय वरीयतामा १६औँ स्थानमा उक्लियो

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको छ।

अमेरिकामा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको शृङ्खलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरीयता सुधार भएको हो। नामिबिया एक स्थान तल झर्दै १७औँ स्थानमा पुगेको छ।

नेपालले गएको सेप्टेम्बरमा एसीसी प्रिमियर कपको उपाधि जितेयता एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छैन। नेपालले फाइनलमा यूएईलाई पराजित गर्दै उपाधि जितेको थियो।

त्यसपछि मैदानमा नउत्रिए पनि नामिबियाको हारसँगै नेपालको वरीयता एक स्थान सुधार भएको हो।

अब नेपालले विश्वकप लिग-२ अन्तर्गत आइतबार क्यानडासँग खेल्दैछ। शृङ्खलामा घरेलु टोली ओमान, नेपाल र क्यानडा सहभागी छन्।

लामो समयपछि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा फर्किन लागेको नेपालका लागि आगामी खेल वरीयताको स्थानलाई प्रदर्शनबाट बलियो बनाउने अवसरसमेत हुनेछ।

एकदिवसीय वरीयतामा भारत शीर्ष स्थानमा यथावत् छ।

न्युजिल्यान्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान पाँचौँ स्थानमा छन्।

नेपाल १६औँ स्थानमा पुग्दा नामिबिया १७औँ स्थानमा झरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.