Skip to main content

Nidan Media

मोटरसाइकलको ठक्करबाट कमलबहादुर श्रेष्ठको मृत्यु

सिराहा । सिराहामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका-३ का ७८ वर्षीय कमलबहादुर श्रेष्ठ रहेका छन्।

बुधबार बिहान कसहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प १६३६ नम्बरको मोटरसाइकलले पूर्व-पश्चिम लोकमार्गमा बाटो पार गर्दै गरेका श्रेष्ठलाई ठक्कर दिएको थियो।

ठक्करबाट घाइते भएका श्रेष्ठलाई लाइफ लङ्ग अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको थियो।

त्यसपछि सुनसरीको हरिनगरस्थित सरकारी अस्पतालमा चेकजाँच तथा ईसीजी गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतक श्रेष्ठको शव प्रादेशिक अस्पताल लहान, सिरहातर्फ ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि मोटरसाइकल र चालक विमलकुमार चौधरीलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.