Skip to main content

Nidan Media

आज गण्डकी र बागमतीमा भारी वर्षाको सम्भावना

काठमाडौँ। पश्चिमी न्यून चापीय प्रणाली तथा मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश भू-भागमा मौसम बदली भई वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका सबै भू-भाग तथा कोशी र सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ।

गण्डकी र लुम्बिनीका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

बागमती र गण्डकीका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ। मधेस, कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

राति कोशीका सबै भू-भाग तथा देशका बाँकी हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ। कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक-दुई स्थानमा वर्षा वा हिमपात हुनसक्नेछ।

विभागले पहाडी क्षेत्रका एक-दुई स्थान तथा मधेस र कोशीका तराई क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.