काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले उपसभापति पदमा उम्मेद्वारी दर्ता गराएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार भइरहेको नयाँ कार्यसमिति चयनका लागि भण्डारीले उपसभापति पदमा उम्मेद्वारी दर्ता गराएका हुन्।
कांग्रेसको संशोधित विधानअनुसार यसपटक दुई जना उपसभापति चयन हुने व्यवस्था गरिएको छ।
सोही व्यवस्थाअनुसार भण्डारीले उपसभापति पदमा प्रतिस्पर्धा गर्न उम्मेद्वारी दिएका हुन्।
यता, कांग्रेस नेतृ सीता गुरुङले १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेद्वारी दर्ता गराएकी छन्।
गुरुङले समावेशी समूहबाट उपसभापति पदमा उम्मेद्वारी दर्ता गराएकी हुन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि मंगलबार उम्मेद्वारी दर्ता भइरहेको छ।





