पोखरा। म्याग्दीमा लेदोसहितको पहिरो खस्दा बेनी-जोमसोम सडकखण्ड दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ।
अन्नपूर्ण गाउँपालिका-३ सुकेबगरमा शनिबार बिहान करिब ५ः२५ बजे सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
यस्तै, बेनी-जोमसोम सडकखण्डअन्तर्गत रघुगंगा गाउँपालिका-२ बैसेरीमा पनि बिहान करिब ५ः३० बजे सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
दुवै स्थानमा पहिरोका कारण सडकमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ।




