Nidan Media

ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु

दाङ। राप्ती गाउँपालिका-१ माथिल्लो भालुवाङस्थित पेट्रोल पम्प नजिकै यात्रुबाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

भालुवाङबाट प्युठानतर्फ जाँदै गरेको लु.प्र.०२-००१ ज ०१०८ नम्बरको ईभी गाडीले लापेबाट भालुवाङतर्फ आउँदै गरेको रा.४ प ५८३६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

ईभी गाडी प्युठानको स्वर्गद्वारी नगरपालिका-२ का २२ वर्षीय लक्ष्मण पुनले चलाएका थिए भने स्कुटर अर्घाखाँचीको सितगंगा नगरपालिका-८ लापेका २० वर्षीय अभिषेक कुमालले चलाएका थिए ।

दुर्घटनामा स्कुटरको पछाडि सवार अर्घाखाँचीको सितगंगा नगरपालिका-८ लापेकी ३२ वर्षीया सम्झना केसी घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि भालुवाङ अस्पताल, दाङ लगिएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा स्कुटर चालक अभिषेक कुमाल घाइते भएका छन्।

दुर्घटनामा संलग्न ईभी गाडी, स्कुटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.