काठमाडौँ। नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउमा उछाल आएको छ।
बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा नौ हजार तीन सय र चाँदीको दुई सय ६० रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै बिहीबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख १३ हजार चार सय कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि बुधबार सुनको भाउ प्रतितोला तीन लाख चार हजार एक सय रुपैयाँ रहेको थियो।
यता, बुधबार प्रतितोला चार हजार पाँच सय ९५ रूपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार बढेर चार हजार आठ सय ५५ रुपैयाँ पुगेको छ।




