काठमाडौँ। नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको भाउमा भारी वृद्धि भएको छ।
सुनको भाउ गत शुक्रबारको तुलनामा आइतबार तोलामा चार हजार आठ सय रुपैयाँले बढेको हो।
मूल्य बढेसँगै आइतबार छापावाला सुन प्रतितोला तीन लाख एक हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला दुईलाख ९६ हजार नौ सय रुपैयाँ रहेको थियो।
यता, गत शुक्रबार प्रतितोला चार हजार पाँच सय ८० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आइतबार बढेर चार हजार छ सय ४५ रुपैयाँ कायम भएको छ।





