म्याग्दी। बेनी-जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको बैसेरी क्षेत्रमा आएको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
सडक बन्द भएपछि मुस्ताङतर्फ जाने र त्यहाँबाट फर्किने सयौं यात्रु तथा पर्यटक बीच बाटोमै रोकिएका छन्।
लगातारको वर्षापछि खसेको पहिरोले सडक ढाक्दा सवारीसाधनको आवागमन पूर्ण रूपमा ठप्प भएको हो।
सडक अवरुद्ध भएसँगै दैनिक आवतजावतसँगै पर्यटन गतिविधिसमेत प्रभावित बनेको छ।
सडक खुलाउन डोजर परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ।
तर वर्षा नरोकिएकाले थप पहिरो खस्ने जोखिम रहेको भन्दै प्रशासनले अत्यावश्यकबाहेक यात्रा नगर्न र यात्रा गर्नै परे आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।





