Nidan Media

तोलामा एक हजार आठ सय रुपैयाँ घट्यो सुनको भाउ, चाँदी पनि सस्तो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ।

गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुन तोलामा एक हजार आठ सय चाँदी ४५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला चार हजार तीन सय १५ रुपैयाँ निर्धारण गरिएको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ र चाँदी चार हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.