काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको भाउ तोलमा एक हजार घट्दा चाँदीको १० रुपैयाँ बढेको छ ।
मूल्य घटेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८३ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार दुई सय रुपैयाँ रहेको थियो।
यता, मंगलबार प्रतितोला चार हजार तीन सय १० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बुधबार बढेर चार हजार तीन सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।




