काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उचो बनाएर गौरवका साथ उभिन सकेका बताएका छन् ।
शुक्रबार राष्ट्रिय विभूति भीमसेन थापाको २२५औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई इतिहासको असल पक्षको अनुशरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्ने बताएका हुन् ।
उनले वीर पुर्खाले हाम्रो राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता एवं सार्वभौमसत्ताका लागि गरेको बलिदान र पुर्याएको योगदान स्तुत्य भएको बताए ।
राष्ट्रपति पौडेलले आपसी भाइचारा, मित्रता, सहिष्णुता र एकताको जगमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै राष्ट्रप्रेमप्रतिको अगाध आस्था र प्रतिबद्धतालाई किमार्थ विचलित हुन दिनु नहुने स्पष्ट पारे ।
राष्ट्रपति पौडेलले बहुआयामिक व्यक्तित्वको छवि बनाउनुभएका भीमसेना थापा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताविरुद्ध कहिल्यै नझुकेको उल्लेख गर्दै देशभक्ति उहाँको मूलमन्त्र भएको बताए ।





