काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा एक हजार र चाँदीको ५० रुपैयाँ बढेको हो।
मूल्य बढेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८५ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
सुनको भाउ सोमबार प्रतितोला दुई लाख ८४ हजार छ सय रुपैयाँ रहेको थियो ।
यता, सोमबार प्रतितोला चार हजार तीन सय २० रुपैयाँ रहेको असली चाँदीको भाउ मंगलबार बढेर चार हजार तीन सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।





