Nidan Media

रातभर खोजीपछि शुक्लाफाँटामा हराएका १४ महिला सकुशल भेटिए

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटा, दशरथटोलबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना महिला सकुशल फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार साउन ३ गते बिहान करिब ११ बजे निकुञ्जभित्र च्याउ खोज्न गएका उनीहरू साँझ ९ बजेसम्म पनि सम्पर्कमा नआएपछि खोजी अभियान शुरू गरिएको थियो।

नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त टोली तथा स्थानीयवासीको सहयोगमा रातभर खोजी कार्य सञ्चालन गरिएको थियो।

सोमबार दिउँसो करिब १ः१० बजे सम्पर्कविहीन भएका सबै १४ जना महिला सकुशल सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.