Nidan Media

तोलामा ६ सय बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा छ सय र चाँदीको ८० रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

यता, आइतबार प्रतितोला चार हजार दुई सय ४० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार बढेर चार हजार तीन सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.