काठमाडौँ । रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा रुकुम पूर्वको कोल आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पको धक्का रुकुम पूर्वसहित रुकुम पश्चिम, रोल्पा, बागलुङ तथा आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।
हालसम्म भूकम्पबाट मानवीय वा भौतिक क्षतिको कुनै आधिकारिक विवरण प्राप्त भएको छैन।





